Logo
१२ आश्विन २०८१, शनिबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा लुट कायमै : २ किलोमिटरको भाडा ३ सय, एक प्लेट खानाको ४ सय

प्रदेश २ को राजधानी जनकपुरमा मह्ङ्गाईको उग्र रुप कायमै रहेको छ ।

मधेशीहरुको राज्य भनिएको प्रदेश २ मा प्रदेशको राजधानी स्थापना भए लगतै मह्ङ्गाईले उग्र रुप लिएको हो ।

अवस्था यस्तो छ की जाबो २ किलोमिटरको यात्रा गर्दा अटो रिक्सावालाले ३/४ सय सम्म लिने गरेका छन् ।

पत्रकार वीरेन्द्र केएमले जनकपुरको मह्ङ्गाई नेपालमै सबैभन्दा उग्र रहेको बताए ।

‘केहि दिन अगाडी म जनकपुरको ट्राफिक ओफिस अगाडी जिरो माइल चोकबाट एर्यपोर्टसम्म गएँ तर मसंग अटो रिक्सावालाले ३ सय रुपैँया लियो’ अन्तराष्ट्रिय स्तरका काठमाण्डौं केन्द्रित पत्रकार केएमले भने -‘म हतारमा थिए, त्यसको रियाक्ट गर्न सकिन तर मह्ङ्गाईको नाममा यो अति नै उग्रता हो ।’

उनले भने ‘खानामा त झन उग्र मह्ङ्गाई रहेको छ । सायद नेपालमै कहिँ कतै नभएको मह्ङ्गाई जनकपुरमै रहेको महसुस हुन्छ ।’ यद्यपी स्थानीय सरकार, प्रदेश सरकार तथा नेपाल सरकारलाई भने खासै कुनै मतलब देखिदैन ।

यता, शिव चौक स्थित रहेको नवरङ्ग भोजनालयमा राखिएको मुल्य सुचिले नै मह्ङ्गाईको उग्र रुपलाई स्पष्ट पारेको छ । उक्त मुल्य सुचिमा मात्र एक प्लेट मासुको ४ सय रुपैयाँ लेखिएको छ ।

हेर्नुस् सुचि : 

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्