Logo
१ मंसिर २०८१, शनिबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘म राष्ट्रपति निर्वा्चित भएँ भने ट्रम्पको नीति उल्ट्याइदिन्छु’

काठमाडौं : डेमोक्र्या्टिक पार्टीकी सिनेटर एलिजाबेथ वारेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नीति परिवर्तन गर्ने बताएकी छिन् ।

नेपाली महिलाहरुको समाचार सेयर गर्दै आफू अमेरिकाको राष्ट्रपतिमा निर्वा्चित भए राष्ट्रपति ट्रम्पले ल्याएको नीति परिवर्तन गर्ने बताएकी हुन् ।

राष्ट्रपति ट्रम्पको नीतिको कारण नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्यमा पारेको असर विषयमा समाचार ट्विटरमा शेयर गर्दै वारेनले ट्रम्पका नीतिको कारण विश्वभरका महिलामा असर परेको बताइन् ।

द काठमाडौं पोस्ट र बजफिड न्युजको समाचार सेयर गर्दै वारेनले ‘ट्रम्प प्रशासनले ग्लोबल ग्याग रुलको विस्तारको विश्वभर विनासकारी प्रभाव परेको छ, दशौँ लाखले सुरक्षित प्रजनन् स्वास्थ्य पाउन सकेका छैनन् । जब म राष्ट्रपति हुन्छ, म ग्लोबल ग्याग रुल परिवर्तन उल्ट्याइदिन्छु,’ ट्वीट गर्दै उनले भनेकी छिन् ।

ग्लोबल ग्याग रुल अमेरिकी सहयोग प्राप्त गर्ने गैर सरकारी संस्थालाई गर्भपतन गराउने वा रेफर गर्ने, गर्भपतन सम्बन्धी अभियान सञ्चालनको समर्थन गर्न गैर सरकारी संस्थालाई रोक्ने कानुन हो ।

रोनाल्ड रिगन अमेरिकाको राष्ट्रपति भएपछि सन् १९८४ मा यो कानुन ल्याएका थिए । यसलाई प्रत्येक राष्ट्रपति निर्वा्िचत भएपछि निरन्तरता दिन वा उल्टाउने अधिकार हुन्छ ।

म्यासाच्युसेटकी सिनेटर वारेन डेमोक्र्या्टिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा पहिलो नम्बरमा छिन् ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्