Logo
१८ पुस २०८१, बिहीबार
(November 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिल्लीबजार कारागारमा ३ भिआईपी कैदी-बन्दी : के छ कानूनी प्रावधान?

‘पीडित’ भनिएकीले नचाहँदाचाहँदै पनि जबरजस्ती करणी उद्योगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि महरालाई सदरखोर डिल्लीबजार लगिएको छ। कारागारमा पूर्वआईजीपी रमेशचन्द ठकुरीसँगै महरालाई सदरखोर डिल्लीबजारको ‘क’ ब्लकमा राखिएको छ ।

यद्यपी महरा भने कैदी हैनन उनी बन्दी मात्र हुन् मुद्दा किनारा लागेपछि भोग्नुपर्ने कैदलाई कैदि भनिन्छ भने मात्र बन्दी जीवनमा रहेकालाई कैदि मात्र भनिएको हुन्छ ।

ठकुरी सुडान घोटालामा सर्वोच्च अदालतबाट दोषी ठहर भई जेल परेका हुन् । यसअघि उक्त कोठामा सुडान घोटाला प्रकरणमा सर्वोच्चबाट दोषी ठहर भएका पूर्वआईजीपी ओमविक्रम राणालाई समेत राखिएको थियो ।

राणा जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् । महरालाई जिल्ला अदालतबाट सोमबार बेलुका सदरखोर डिल्लीबजारमा ल्याइएको थियो । प्रहरी हिरासतमा रहँदा महरालाई उनकै आग्रहमा नर्भिक अस्पतालको बेडमा राखिएको थियो ।

तर अहिले भने उनले अस्पताल जान आग्रह नगरेको बुझिएको छ। उक्त कारागारमा टिकापुर घटनाका दोशी रेशम चौधरीलाई पनि राखिएको छ।

‘पीडित’ भनिएकालाई अदालतले नसुनेपछि महरालाई जेलको बाटो तर के छ कानूनी प्रावधान?

अदालतले बलात्कार प्रयासको अभियोगमा थुनछेक बहस सुनेपछि तत्काल प्राप्त प्रमाणका आधारमा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म थुनामा पठाउने आदेश गरेको छ।

काठमाडौँ जिल्ला अदालतका मुख्य न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा महराको तर्फबाट ३२ जना कानुन व्यवशायीले बहस गरेपनि पुर्पक्षका लागि जेल पठाउने आदेश टर्न सकेन।

महरा पक्षका वकिलहरुको दावी थियो- महरा निर्दोष भएकाले जेलबाहिर बसेर मुद्धा लड्न पाउँ। संसद सचिवालयमा काम गर्ने रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग लागेपछि काठमाडौँ प्रहरीले असोज १९ गते महरालाई सरकारी निवासबाट पक्राउ गरेको थियो।

रोशनीले महराविरुद्ध बलात्कारको आरोप लगाएपनि पछि बलात्कार प्रयाससम्म भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। रोशनीको सोही जाहेरी र प्रहरी अनुसन्धानका अन्य प्रमाणका आधारमा अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरा दोषी हुन सक्ने भन्दै पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो।

मुलुकी अपराध संहिता अनुसार पाँच वर्षभन्दा बढी कैद सजाय भएको कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउन सक्ने अधिकार दिइएको छ।

प्रहरीमा जाहेरी दिएको केही दिनपछि रोशनीले महरा निर्दोष रहेको र आफूलाई प्रहरी फसाएको दावीसहितको निवेदन जिल्ला अदालतमा दिएकी थिइन्। सोमबारको थुनछेक बहसमा पनि रोशनीले आफ्ना कुरा राख्न खोजेकी थिइन्। तर अदालतले उनलाई सुन्न अस्वीकार गर्‍यो।

किन सुनिएन?

अदालतमा गरिएको बयानलाई पनि प्रमाण मान्ने गरिन्छ। तर थुनछेक बहससम्म पीडितको बयान लिइन्न, जाहेरीलाई मात्र आधार मानिन्छ। फैसलाअघि मात्र पीडितको कुरा अदालतले सुन्ने गर्छ, बयानमार्फत।

त्यस्ता बयानमा कतिपय पीडित ‘होस्टाइल’ बन्ने गर्छन् अर्थात जाहेरीमा लेखेको भन्दा ठिक उल्टो बोल्ने गर्छन्। यसले गर्दा आरोपितलाई सजिलो हुने गर्दछ।

थुनछेकपछि मात्र आफ्नो बयान अदालतले लिने भएकाले रोशनी त्यसअघि नै निवेदन लिएर अदालतमा पुगेको हुन सक्ने बताइन्छ।

प्रहरीले आफ्नो अनुसन्धानमा महराविरुद्ध रोशनीको जाहेरी, महराको मोबाइल लोकेसनदेखि रोशनीको कोठामा भेट्टिएको चस्माको टुक्रा, जुत्ताको तुनालगायतलाई प्रमाण पेश गरेको थियो ।

प्रकाशित मिति: Nov 5, 2019

प्रतिक्रिया दिनुहोस्