Logo
१८ पुस २०८१, बिहीबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाले सहकार्यको राजनिति समाप्त गर्यो : प्रतिपक्षी नेता कोईराला

सरकारले प्रदेश प्रमुख बर्खास्त गरेर सहमति र सहकार्यको बाटो बन्द गरेको प्रदेश नम्बर १ स्थित प्रतिपक्षी नेता राजिव कोईरालाले बताएका छन् ।

कोईरालाले बर्षै देखिको सहकार्य लाई नेकपाको सरकारले समाप्त बनाएको बताए ।

उनले यो सरकारले दुईतिहाईको दम्भ देखाएको र विना कारण प्रदेश प्रमुख बर्खास्त गर्नुले नेपाली राजनितिमा सहमतिका सम्पुर्ण बाटाहरु बन्द गरेको तर्क गरेका छन् ।

कोईरालाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वले नियुक्त गरेका सात प्रदेश प्रमुख सबैलाई समेटेर समाबेसी ठंगले नियुक्ति गरिएको भन्दै यसरी हटाईनु प्रति प्रतिपक्ष दल नेपाली काँग्रेस एक नम्वर प्रदेशको घोर आपत्ती रहेको बताएका छन् ।

उनले यस अघिकै निर्णयहरुले सरकार एक लौटी ढंगले अघि बढेको भएता पनि सहकार्यमा केहि झिनो आसा रहेको थियो त्यो पनि हिजोको निर्णयले समाप्त भएको बताएका छन् ।

उनले देशै भरी उपनिर्वाचन चलिरहेको बेला आचार संघिताको समेत वास्ता नगरी गरीएको निर्णय प्रति एक नम्बर प्रतिपक्ष दलको आपत्ती रहेको जनाएका छन् ।

यो सरकारले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यी प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्