Logo
१ मंसिर २०८१, शनिबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा, छानबिनको लागि समिति गठन

काठमाडौं : नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन् ।

राष्ट्र बैंकको सोमवार बसेको सञ्चालक समितिको बैठकले वित्तीय अनियमितताको आरोप लागेका श्रेष्ठको छानबिनको लागि समिति गठन गरेपश्चात उनी निलम्बनमा परेका हुन् ।

सोमवारको बैठकले ३ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ । छानबिनका लागि १ महिनाको समय दिइएको राष्ट्र बैंक स्रोतले बतायो ।

डेपुटी गभर्नर श्रेष्ठलाई खराब कर्जा लुकाउन सहयोग गरेको, सर्वोच्च अदालतले फैसना नगर्दै विदेशबाट ल्याएको पैसा निकाल्न सहयोग गरेको तथा एनसेलको कर छलीमा सहयोग गरेको आरोप लागेको छ ।

यस्तै, उनीमाथि सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी सूचना संकलन गर्न प्रयोग गरिने सफ्टवेयर चल्न नदिन भूमिका खेलेको आरोप पनि लागेको छ ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्