Logo
१ मंसिर २०८१, शनिबार
(November 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डीएसपी शाहीमाथि छानबिन गर्न प्रदेश ५ प्रहरी कार्यालयद्वारा दुई समिति गठन

काठमाडौं : विवादमा तानिएका इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी)हेमबहादुर शाहीमाथि छानबिन दुई समिति गठन गरिएको छ ।

खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका डीएसपी शाही माथि प्रदेश ५ प्रहरी कार्यालय र प्रहरी हेडक्वाटरले छानबिन गर्न दुई समिति गठन गरेका हुन् ।

प्रदेश ५ प्रहरी कार्यालयले प्रहरी बरिष्ट उपरीक्षक एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । प्रहरी हेडक्वाटरले पनि एसएसपी उमेश जोशीको नेतृतवमा अर्को समिति गठन गर्ने तयारी गरेको छ । स्रोतका अनुसार समितिमा एकजना एसपी र एक जना डीएसपी पनि रहनेछन् ।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

प्रकाशित मिति: Nov 3, 2019

प्रतिक्रिया दिनुहोस्