Logo
१२ आश्विन २०८१, शनिबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्मृतिकि रिताद्वारा ११ विद्यार्थीको अभिभावकत्व ग्रहण

बुढीगंगामा रहेको स्मृति इङलिश बोडीङ स्कुलकि प्राचार्य रिता नेउपानेले ११ विद्यार्थीको अभिभावकत्व ग्रहण गरेकी छिन । आज बुढीगंगा ६ मा भएको एक कार्यक्रममा उनले ११ जना विद्यार्थीहरु पढुन्जेलको पढाई शुल्क लगायत सम्पुर्ण खर्च ब्यहोरने घोषणा गरिन । नेकपा बुढीगंगाको कार्यकर्ता भेटघाट कार्यक्रममा एउटी ११ कक्षा पढ्ने नानीको मनको आवाजले मन छियाछिया पारेको भन्दै आफ्नो बाबा आमाको संदेश याद आएकोले यस्तो गरेको उनले बताइन ।
उक्त भेटघाट कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र नेकपाका १ नम्बर प्रदेश सद्स्य
सत्यनारायण चौधरीले ११ जना विद्यार्थीहरुलाई उज्ज्वल भबिस्यको शुभकामना दिनुहुँदै आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नु प्रसंशायोग्य सरहनिय काम भएको बताउनु भयो ।

प्रकाशित मिति: Nov 1, 2019

प्रतिक्रिया दिनुहोस्