Logo
१ मंसिर २०८१, शनिबार
(November 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्वराष्ट्रपति यादवलाई पराजित गर्ने पुर्वसांसद महतोको बसको ठक्करबाट निधन

बसको ठक्करबाट पुर्व सांसद रामलखन महतोको निधन भएको छ । प्रदेश २ स्थित साविकको घर धनुषा बटेश्वर गाउँपालिका-१ बाट हालको घर महेन्द्रनगर जाने क्रममा जनकपुर-ढल्केवर सडकखण्डस्थित मिथिला नगरपालिका-१ विश्वकर्मा चोकमा शुक्रवार बसले ठक्कर दिँदा उनको निधन भएको हो ।

शैक्षिक भ्रमणकालागि काठमाडौँबाट जनकपुरतर्फ आउँदै गरेको बा ५ ख ८८५ नम्बरको बसले बाटो काट्ने क्रममा साइकल चलाउँदै गरेका ६२ वर्षीय नेता महतोलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारकालागि जनकपुर अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

पोष्टमार्टमकालागि अहिले उनको शव अस्पतालमा राखिएको छ । २०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट चुनवा लडेका नेता महतो नेपाली काँग्रेसका उम्मेदवार तथा पुर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गर्दै विजयी भएका थिए ।

२०६२/०६३ को जनयुद्धको बेला नेकपा माओवादीमा आबद्ध भएका महतो पछिल्लो समय मोहन वैद्य निकट क्रान्तिकारी माओवादीमा आवद्ध थिए ।

उनको एक छोरा र एक छोरी छन् । ठक्कर दिएका बस र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

प्रकाशित मिति: Nov 1, 2019

प्रतिक्रिया दिनुहोस्