Logo
१२ आश्विन २०८१, शनिबार
(October 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृष्णनगरमा कर्फ्यू उल्लंघन गर्ने माथि प्रहरीले गोली चलायो, एकको मृत्यु

प्रदेश ५ स्थित लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ। प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका-२ सुरजकुमार पाण्डेको मृत्यु भएको छ।

प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागु गरिएको छ।

हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो। झडप पछि १०-१२ वटा मूर्ति सेलाउन अझै बाँकी रहेको छ।

प्रकाशित मिति: Oct 31, 2019

प्रतिक्रिया दिनुहोस्