Logo
१२ आश्विन २०८१, शनिबार
(October 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उद्योगको लापरवाहीले दुहबीमा भर्खरै फेरि एक मजदुरको लडेर ज्यान गयो

दुहबी/दुहबी ३ स्थित फुटानी चौकमा रहेको न्यूटिन फुडस प्राली मैदा मिलको लापरवाहीले उक्त उद्योगमा काम गर्ने एक मजदुरका ज्यान गएको छ । शनिवार विहान ११ बजेर १० मिनेटमा मैदा मिलको माथिल्लो तल्लामा सुरक्षा वेल्ट र हेल्मेट बिना काम गर्ने क्रममा सप्तरीको वेलहा बस्ने अन्दाजी वर्ष ४५ का चन्देश्वर मंडल लडेर गम्भीर चोट लागेपछि उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यू भएको
हो । सो उद्योग शारडा ग्रुपको रहेको र हिजोमात्र सो ग्रुपकै पशुपती खाद्य उद्योगमा काम गर्ने मजदुरकोपनि ज्यान गएको थियो ।

केहि महिना अगाडीपनि पटक–पटक शारडा ग्रुपकै सोहि उद्योगहाता भित्र रहेको पशुपति शिलप्याक उद्योगमा मजदुरहरुको ज्यान जाँदापनि प्रहरी अनुसन्धान फितलो भएका कारण मजदुरहरु सुरक्षाको दृष्टीकोणले असुरक्षित भइ सो उद्योगहरुमा काम गरिरहेको पाइएको छ । सो घटनावारे मैदा मिलका मेनेजर उमाकान्त झा सँग बुझ्दा मजदुरहरुलाइ सुरक्षित तरिकाले किन काम न लगाएको भनेर प्रश्न गर्दा वषोदेखि सुरक्षा वेल्ट र हेल्मेट बिनानै अरु काम गराइ रहेकोमा यो भवितव्य घटना भएको भन्दै मजदुरको ज्यानलाइ सहजरुपमा लिएका थिए । सुनसरी–मोरङको अधिकांस उद्योगहरुमा सुरक्षा बेल्ट र हेल्मेट विनानै जोखिमपूर्णरुपमा मजदुरहरु काम गर्न बाध्य रहेको मजदुर नेताहरुको भनाइ छ ।

प्रकाशित मिति: Oct 26, 2019

प्रतिक्रिया दिनुहोस्