प्रधानमन्त्रीलाई मुस्कान खातुनले लेखिन् यस्तो मन छुने चिठी
काठमाण्डौ : एक महिनाअघि वीरगञ्जमा एसिड प्रहारबाट घाइते भएकी १५ वर्षीया बालिका मुस्कान खातुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेकी छिन् । खातुनले लेखेकी उक्त चिठिमा अपराधीलाई कडाभन्दा कडा सजायको माग गरेकी छिन् ।
उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै एसिड आक्रमण गर्नेमाथि कडाभन्दा कडा कानुन भइदिएको भए आज आफू अस्पतालको बेडमा नहुने पनि बताएकी छिन् ।
वीरगञ्ज महानगरपालिकाका-३, छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।
पढ्नुहोस् प्रधानमन्त्रीलाई मुस्कानको पत्र