Logo
१ मंसिर २०८१, शनिबार
(October 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालगञ्जमा भीषण आगलागी, रु १ करोड बढीको क्षति

नेपालगञ्जको बिपीचोक नजीक रहेका आधा दर्जन पसलमा गए राति भएको आगलागीबाट रु १ करोड बढीको क्षति भएको छ ।

जनता सिरक, हिमालय फर्निचर, रोशनी फर्निचर, किताब र फलफूल पसलमा आगो लागेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार जनता सिरक, हिमालय र रोशनी फर्निचरमा ठूलो क्षति भएको छ ।

जनता सिरकले मात्रै रु ५० लाख बढीको क्षति भएको बताएको छ । रु १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगजनी भएको स्थान नजीकै पेट्रोलपम्प रहे पनि तुरुन्तै पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका कारण ठूलो दुर्घटना टरेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका २, नेपालगञ्ज विमानस्थलको १, कोहलपुर नगरपालिका, बर्दियाको मधुवन र गुलरिया नगरपालिकाका गरी ६ वटा दमकलले आगो निभाएको हो ।

३ महीनाअघि गत साउन २३ गते पनि त्यही नजीकका एक दर्जन बढी फर्निचर पसलमा आगलागी भएको थियो । पछिल्लो ३ महीनामा नेपालगञ्जमा ५ वटा ठूला आगलागी भएका छन् ।

प्रकाशित मिति: Oct 25, 2019

प्रतिक्रिया दिनुहोस्