Logo
१ मंसिर २०८१, शनिबार
(October 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वुमन्स च्याम्पियन्स लिग क्रिकेट : आज काठमाण्डौ र चितवनबीच प्रतिस्पर्धा

वुमन्स च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार क्याट क्वीन्स काठमाण्डौ र चितवन राइनोज खेल्दै छन् ।

चितवन राइनोज अपराजित रहँदै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । काठमाण्डौ भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो ।

समूह चरणका चार खेल नै जितेको चितवन राइनोजले फाइनलमा पनि त्यस्तै आत्मविश्वासका साथ खेल्ने जवाफ दिएको छ भने काठमाण्डौ पहिलो खेलमा चितवनसँग पराजय व्यहोरे पनि पछिल्ला चारमा उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपाली राष्ट्रिय महिला टिमकी पनि कप्तान रहेकी रुविना क्षेत्रीले सुुरुको खेलमा हारेकाले त्यसको गल्ति सच्याउँदै फाइनल खेल्ने बताइन् ।
एक खेलमा पराजित भए पनि पछिल्ला खेलमा गरेको प्रदर्शनका आधारमा राम्रोसँग खेल्ने तयारीमा रहेको बताउँदै अहिले टिमले कसरी बेस्ट क्रिकेट खेल्छ भन्ने कुरामा फोकस हुने पनि उनले बताइन् ।

प्ले अफको विराटनगरविरुद्धको खेलको उदाहरण दिँदै रुविनाले टिममा फाइटिङ स्प्रिट रहेको भन्दै ४४ रन बनाउँदासम्म विकेट लिन नसकेपनि ७० मा प्याक गर्नु भनेको एकदमै राम्रो प्रदर्शन भएको उल्लेख गरिन् ।

प्रकाशित मिति: Oct 24, 2019

प्रतिक्रिया दिनुहोस्