DJ विरुद्ध प्रर्दशन, पुर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने माग
भारतको युपि-बिहारबाट नेपालमा भित्रिएको असभ्य त्वरको DJ संस्कृति विरुद्ध आज प्रर्दशन गरिएको छ । प्रदेश २ स्थित धनुषाको महेन्द्रनगरमा उक्त प्रर्दशन गरिएको हो ।
प्यबसनको महेन्द्रनगर इकाई कार्यसमिति समेत स्थानीय बिभिन्न संघ संस्थाले आयोजना गरेको उक्त पर्दशनमा डिजे बजाको विरोध गरिएको हो ।
महेन्द्रनगर इलाका प्रहरी कार्यालयको अगाडीबाट सुरु भएको उक्त ¥याली छिरेश्वर स्कुल अगाडी गएर कोणसभामा परिनत भएको थियो ।
स्कुले वालबालिकाहरु समेतका सहभागीहरुले बिभिन्न ब्यानर र प्लेकार्ड मार्फत डिजे संस्कृतिको विरोध गरेको हो ।
कार्यक्रमको संयोजन भने समाजीक अभियन्ता विशाखा महतो गरेकी थिइन भने इलाका प्रहरी कार्यालयका प्रमुख लगायतले DJ लाई पुर्ण रुपमा प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।
हेर्नुस् तस्विरहरु :