डीभीको आवेदन फर्म खुल्नासाथै राहदानी बनाउनेको संख्या ह्वात्तै बढ्यो
यस वर्ष डाइभर्सिटी भिसा (डीभी)को आवेदन फर्म खुल्नासाथै राहदानी बनाउनेको संख्या गत वर्षमा भन्दा ५ गुणाले बढेका् छ । बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको (डीभी)को आवेदन फर्म खुल्नासाथै उपत्यकाबाहिरका नेपाली सेवाग्राही राहदानी लिन काठमाडौँ ओइरिएका छन् ।
राहदानी विभागले सधैंको भन्दा भmन्डै पाँच गुणा राहदानी आवेदन भर्ने र उत्पादन गर्ने अवस्था आएपछि स्थिति अस्तव्यस्त बनेको छ । गत असोज १५ मा डीभी आवेदन खुलेपछि काठमाडौँ आएर तत्कालै राहदानी ९एमआरपी० झिक्नेको संख्या ह्वात्तै बढेको हो ।
अरु बेला जिल्ला संकलन केन्द्रबाट आउनेसहित दैनिक बढीमा आठ सय एमआरपी आवेदन रहेने गरेकोमा पछिल्ला दिनमा झन्डै ४ हजार जनाले आवेदन भरिरहेका छन् ।
यसमा पनि एक तिहाई जति १५ हजार रुपैयाँ शुल्क तिरेर एकैदिनमा एमआरपी लिन चाहने छन् । कान्तिपुरबाट साभार ।