उपराष्ट्रपतिले पुनले यसपटक जलपान कार्यक्रम नगर्ने
काठमाडौं : तिहार, छठ पर्व र नेपाल सम्वत्का अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आयोजनाा गर्दै आएको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम यसपटक नहुने भएको छ ।
उपराष्ट्रपतिको कार्यालय तथा निवास परिसरमा निर्माण कार्य भइरहेकाले यसपटकको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम नहुने उपराष्ट्रपति कार्यालयका सचिव रामकुमार आचार्यले जानकारी दिए ।
उपराष्ट्रपति कार्यालयले तिहार, छठ एवं नेपाल सम्वत् ११४० का अवसरमा देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ र दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ ।