Logo
३० कार्तिक २०८१, शुक्रबार
(October 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेल्सन मण्डेलाकी छोरी दक्षिण कोरियाको राजदूत

सियोल :  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला-डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् ।

गत अक्टोबर २ मा दक्षिण कोरियाको सियोल पुगेकी जेनानीले बिहीबार कोरियाली विदेश मन्त्रालयका पदाधिकारीहरुसँग पहिलो भेटघाट गरिन् ।

योनहाप समाचार समितिसँग कुरा गर्दै राजदूत जेनानीले आफूले दक्षिण कोरियामा सेवा गर्ने मौका पाएकामा खुशी लागेको बताउँदै दुई देशबीचको द्विपक्षीय सम्बन्ध अझ प्रगाढ बनाउन आफूले सक्दो कार्य गर्ने स्पष्ट गरिन् ।

उनले चाँडै दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इन समक्ष भेटघाट गर्ने छिन् ।

नेल्सन मण्डेला र विन्नी मण्डेलाकी जेठी छोरी जेनानी हाल ६० वर्ष पुगिसकेकी छिन् । यसअघि उनले ५ वर्षसम्म दक्षिण अफ्रिकाका लागि अर्जेन्टिनाको राजदूत र मरिससका लागि उच्चायुक्तको जिम्मेवारी सम्हालेकी थिइन् ।

प्रकाशित मिति: Oct 18, 2019

प्रतिक्रिया दिनुहोस्