बसको ठक्कबाट ७ वर्षीय बालकको मृत्यु, बट्टार बजारको स्थिति तनावग्रस्त
काठमाडौं : नुवाकोटको बट्टार बजारका बसको ठक्करबाट एक बालकको घटना स्थलमा नै मृत्युु भएको छ ।
बालकको मृत्युपछि बट्टार बजारको स्थिति तनावग्रस्त बनेको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर गरेको छ ।
त्रिशुलीबाट काठमाडौं आइरहेको बा ४ ख ७५०४ नम्बरको केरुङ यातायातको बसले ७ वर्षीय बालकलाई बुधबार दिउँसो ठक्कर दिएको हो । बस तीब्र गतिमा भएको कारणले दुर्घटना भएको प्रहरीको भनाइ छ ।
बालकको मृत्यु भएपछि स्थानीयले बस तोडफोड गरेका छन् । मृतक बालक तारकेश्वर गाउँपालिका-५ भन्ज्याङथोकको रहेको बताइएको छ ।