महेशराज दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त
काठमाण्डौ : रिक्त रहेको अष्ट्रेलियाको राजदुत पदमा महेशराज दाहाल नियुक्त भएका छन् ।
मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा राजीनामा दिएका थिए ।
संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।
दाहाल नेकपाका अध्यक्ष प्रचण्डनिकट मानिन्छ ।