सुनको मूल्य बढ्यो, प्रतितोला ७२ हजार ५००मा कारोबार
काठमाडौं : साताको तेस्रो दिन मंगलबार सुनको मूल्य रु ५०० ले बढेको छ ।
अघिल्लो दिन तोलामा ७२ हजारमा कारोबार भएको छापावाल सुन आज मंगलबार रु ५०० ले बढेर तोलामा ७२ हजार ५०० मा कारोबार भएको हो । यसैगरी तेजावी सुन ७२ हजार २०० मा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु ८९५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी रु ८८५ मा कारोबार भएको थियो ।