Logo
९ मंसिर २०८१, आईतबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तस्करीमा नयाँ शैली : दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान जफत

भगवतीको मूर्तिमा लुकाई छिपाई नेपाल ल्याउँदै गरेको लाखौँ रुपैयाँको सामान सशस्त्र प्रहरीले जफत गरेको छ ।

नेपालगञ्ज भन्सारमा जाँचका क्रममा सशस्त्र प्रहरीले दशैँका लागि भारतबाट नेपाल ल्याउँदै गरेका दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरबाट लाखौँ मूल्यका सामान जफत गरेको हो ।

दुर्गाको मूर्तिसँगै तस्करी गरिल्याएको सामान सशस्त्रले जफत गरेपछि तस्करको नयाँ शैलीबारे थाहा भएको हो । दशैँको पहिलो दिन भारतको रुपैडिहा लगायतका विभिन्न स्थानबाट नेपाल ल्याइँदै गरेका दुर्गाको मूर्तिमा लुकाई छिपाई सामान तस्करी भइरहेको जानकारी पाएपछि सशस्त्र प्रहरीले आइतबार जाँचका क्रममा सामान जफत गरेको हो ।

सशस्त्र प्रहरी भन्सार सुरक्षा पोष्टका अनुसार राजश्व छलेर दुर्गाको मूर्ति बोकेको ट्र्याक्टरमा घर निर्माणको सामग्रसहित चिनी, डाल्डा घीउ, चामल, तेललगायत सामान जफत गरिएको हो । बरामद गरेका ती सामानको मूल्य रु ९ लाख ५० हजार रहेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्