Logo
१२ मंसिर २०८१, बुधबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नोबेल मिस्टर एन्ड मिस थारु आइकनको ट्यालेन्ट राउन्ड समपन्न

दुहबी/नोबेल मिस्टर एन्ड मिस थारु आइकनको ट्यालेन्ट राउन्ड समपन्न भएको छ । सुनसरीको दुहबी स्थित दुहबी पाटी प्यालेसमा थारु कला केन्द्रको आयोजनामा प्रदेश नम्बर एकको नोबेल मिस्टर एन्ड मिस थारु आइकनको ट्यालेन्ट राउन्ड समपन्न भएको छ । असोज १७ गते बिराटनगरमा हुँने फाइनलमा ३२ जनाले प्रतिस्प्रधा गर्ने थारु कला केन्द्रका सचिव एलएन गच्छदारले जानकारी दिएका छन । सो कार्यक्रमका प्रमुख अतिथि दुहवी नगर प्रमुख बेदनारायण रहँनु भएको थियो । उक्त ट्यालेण्ट राउन्डको औपचारिक कार्यक्रमको उदघाटन गर्नु हुँदै दुहबी नगरपालिकाका मेयर बेद नारायण गच्छदारले यस किसिमको प्रतिभालाई उजागर गर्न र भाषा संस्कृतिको बिकास गर्न आफ्नो सहयोग र सहकार्य सदैव रहने भन्दै हरेक क्षेत्रको बिकास गर्न राजनीति अवश्यक रहेको बताउनु भयो। हामीले देशको समस्या, भ्रष्टाचार, अशिक्षा र गरिबीको बारेमा बोल्ने र लेख्ने हो भने राम्रो अंक प्राप्त हुने भन्दै प्रतिस्पर्धी युवायुवतीलाई उत्प्रेरित गर्नु हुँदै जब सम्म राजनीति बिकास हुँदैन तबसम्म देशको बिकास हुन सक्दैन, राजनीति फोहरी खेलको रुपमा नलिन समेत आग्रह गर्नु भयो।आजको ट्यालेण्ट राउण्डमा निर्णायक समितिमा डा. बालकृष्ण साह, प्रशासकीय अधिकृत प्रमोद चौधरी, गायक प्रकाश माझी, नायिका बन्दना बिश्वास र नृत्य कोरियोग्राफर उमेश चौधरीले भुमिका निर्वाह गरेका थिए । मिस्टर एण्ड मिस ट्यालेण्टको नतिजा भने अगामी असोज १७ गते ग्राण्ड फिनालेमा प्रकाशन गर्ने कार्यक्रम ब्यबस्थापक सनराइज चौधरीले जनाएको छ।

प्रकाशित मिति: Sep 28, 2019

प्रतिक्रिया दिनुहोस्