Logo
७ पुस २०८१, आईतबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘न्यायपालिकालाई सुदृढ बनाउन सम्बद्ध सबै पक्षको साथ र सहकार्यको जरुरी छ’

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकालाई सुदृढ बनाउने अभियानमा साथ दिन सम्वद्ध सबै पक्षलाई आह्वान गरेका छन् ।

दशैं, तिहार, नेपाल संवत तथा छठ पर्वको अवसर पारेर शुक्रबार सर्वोच्च अदालतले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले संविधान जारी भएको परिप्रेक्ष्यमा सुदृढ न्यायपालिकाको उद्देश्य र राणनीतिसहित लागू गरिएको न्याय पालिकाको चौंथो रणनीतिक योजना कार्यान्वयनमा सम्बद्ध सबै पक्षको साथ, सहयोग र सहकार्यको जरुरी रहेको पनि स्पष्ट पारे ।

प्रधानन्यायाधीश जबराले मुलुकको विकास, समृद्धि तथा सुशासन र न्यायपूर्ण समाज स्थापनाका लागि यस्ता चाडपर्वहरुले उर्जा र प्रेरणा प्रदान गरुन भन्ने कामना पनि गरे ।

प्रधानन्यायाधीश जबराले संविधानवाद, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि पनि न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता सर्वोपरी र सर्वकालीन महत्वको विषय भएको पनि स्मरण गराए ।

प्रधानन्यायाधीश जबराले संविधान र कानुनमा उल्लेख गरिएका विषयलाई व्यवहारबाटै कार्यान्वयन गरेर स्वतन्त्र र स्वायत्त न्यायापालिकाको सुनिश्चितता गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्