‘मर्या्दित र स्वच्छ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’
काठमाण्डौ : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिनावारीसम्बन्धी रहेका भ्रमहरुलाई तत्काल हटाउनुपर्ने बताएकी छन् । नेपाली समाजमा महिनावारी अझै चुनौतीका रुपमा रहेको भन्दै स्कुल, कलेज र काम गर्ने ठाउँमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।
‘मर्या्दित र स्वच्छ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ भन्ने नाराका साथ एक्सपोज नेपालले बिहीबार मनाएको १२ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री थापाले यस्तो बताएकी हुन् ।
संघीय सरकारले स्कुलमा प्याड र्पुयाउने नीति ल्याएको र अब पालिकासँग समन्वय गरेर यो नीति हरेक समुदायमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । त्यस्तै मन्त्री थापाले एक्सपोज नेपालले गरेको काम सह्रानीय भएको र सरकारसँग बजेटका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
संस्थाका अध्यक्ष ज्ञान महर्जनले माहिनामा झण्डै २५ सयका दरले प्याड बिक्री भैरहेको बताईन्। कार्यक्रममार्फत नेपालका पहिलो ’प्याडम्यान’ भनेर चिनिएका महर्जनले देशभरका १७ सय महिलालाई नयाँ प्याडबारे तालिम दिइसकेको बताए ।
उनको अगुवाइमा ललितपुरको गाबहाल मा सन् २००७ मा स्थापना भएको एक्स-पोज नेपालले महिनावारीसम्बन्धी संकुचता हटाउन तथा घरेलु स्यानेटरी प्याड निर्माण र प्रयोगलाई प्रबर्द्धन गर्दै आइरहेको छ ।
एकल तथा आर्थिक स्थिति कमजोर भएका महिलालाई संस्थाले निःशुल्क तालिम दिँदै आइरहेको छ । पुन: प्रयोग गर्न सकिने घरेलु प्याड, रेडिमेड स्यानेटरी प्याडभन्दा स्वस्थकर र खर्चका हिसाबले राम्रो मानिएको छ ।
न्यूनतम १५० देखि २०० सम्म पर्ने प्याड दुई वर्षसम्म प्रयोग गर्न सकिने भएकाले खर्च पनि कम लाग्ने आयोजकले बताएको छ । सन् २०२० भित्रमा काठमाण्डौ, पोखरा र विराटनगरका ७५ वटा पसलहरुमार्फत प्याड बिक्री गर्ने तयारी भैरहेको संस्थाले जनाएको छ ।