सुनको मूल्यमा वृद्धि, प्रतितोला ७२ हजारमा कारोबार
काठमाडौं : केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्य आज बुधबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघले बुधबार प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ७१ हजार ४०० र तेजाबी सुन प्रतितोला ७१ हजार १ रुपैयाँमा कारोबार भएको थियो । संघका अनुसार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला सुन ७१ हजार ७०० रुपैयाँ छ ।
यस्तै‚ प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ८९० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।