Logo
५ माघ २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सामान्य वाकस्वतन्त्रतासम्म नरहेको निरंकुस चिनियाँ एकल पार्टीप्रति नेकपाको आकर्षण

जनताका लागि सामान्य वाकस्वतन्त्रतासम्म नरहेको निरंकुस चिनियाँ सत्ताधारी एकल पार्टीप्रति नेकपाको आकर्षण बढेको छ । चीन सरकारलाई विश्वभर निरंकुस सरकारको रुपमा मानिन्छ भने त्यहाँ सामान्य दलगत प्रतिष्पर्धासम्म रहेको छैन ।

तर नेपालमा भने नेपाल कम्युनिष्ट पार्टीभित्र सि जिङपिङको विचारप्रतिको आकर्षण बढेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति जिङपिङको प्रशंशा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्ड दुवैले गरेका छन् ।

पूर्व एमालेहरु जनताको बुदलीय जनवाद र पूर्व माओवादीहरुले जनवादी विचारधारा अंगिकार गरिरहँदा सि जिङपिङको विचार मिलनबिन्दु हुनसक्ने तर्फ बहस चलेको छ ।

एकीकरणपछि दुवै पार्टीको विचार र सिद्धान्त महाधिवेशनले तय गर्ने सहमति भइसक्दा सि जिङपिङको विचार अंगिकार गर्न सक्ने सम्भावनाहरु देखिएका छन् ।

यसैलाई मध्यनजर गरेर चिनियाँ कम्युनिष्ट पार्टीका नेतासहित ४० जना नेकपा नेताहरुलाई प्रशिक्षण दिन आएका छन् । सोमबारबाट प्रशिक्षण शुरु भइसकेका छ जसमा छानिएका दुई सय जना सहभागी छन् ।

सी जिङपिङको विचारमा चिनियाँ विशेषतासहितको माक्र्सवाद, साम्यवाद र समाजवादको मूल मान्यता पालना गर्ने भनिएको छ । चीनमा माओको विचारलाई कमजोर बनाई देङ स्याओ पिङले आर्थिक नीतिमा जोड दिएर बनाएको विचारमा सी जिङपिङको विचार अझ आधुनिक देखिएको छ ।

यो विचारमा कम्युनिष्ट सिद्धान्तलाई कायमै राखिएको छ भने चीनको अन्तर्राष्ट्रिय जगतमा बढ्दो प्रभाव समेत प्रकट भएको छ ।

के हो सी जिङपिङ विचार : 

यो विचारले मुख्यगरी १४ वटा आधारभूत नीति लिएको छ ।

१. चिनियाँ विशेषतासँगै माक्र्सवाद, साम्यवाद र समाजवादसहितको समाजवादी मूल मान्यताको अभ्यास गर्ने

२. जनता देशका मासिक हुन् भन्ने मान्यताका साथ चिनियाँ विशेषताको समाजवाद पालना गर्ने

३. चिनियाँ कम्युनिष्ट पार्टीमा अनुशासनलाई मजबुत बनाउने

४. चीनको सबै क्षेत्रको कामहरुमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सुनिश्चित गर्ने

५. चिनियाँ कम्युनिष्ट पार्टीले सार्वजनिक स्वार्थ अनुरुप जनता केन्द्रित अवधारणा लागू गर्नुपर्ने

६. समग्र रुपान्तरणलाई निरन्तरता दिने

७. नयाँ विज्ञानको आधारको अवधारणा अनुरुप साझा, सहयोगी, हरित, खुल्ला र अन्वेषणात्मक विकास लागू गर्ने

८. कानुनी शासन मजबुत गर्दै चीनलाई संचालन गर्ने

९. राष्ट्रिय सुरक्षा मजबुत बनाउने

१०. चिनियाँ जनमुक्ति सेनामा चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण नेतृत्व रहनुपर्ने

११. एक देश दुई प्रणाली अन्र्तगत पूर्ण राष्ट्रिय एकता र एक चीन नीतिलाई अगाडि बढाउने ।

१२ चिनियाँ जनता र विश्वभरका जनतामाझ शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण निर्माणका लागि साझा गन्तव्य स्थापित गर्ने

१३. चिनियाँ जनताको जीवनशैलीको विकास गर्ने

१४. विश्वभरको जैविक सुरक्षाका लागि प्रकृतिलाई वातावरण सुरक्षा र ऊर्जा संरक्षणका हेतु साथ साथ लाने

चिनियाँ समाजलाई अनुशरण गर्न सकिन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि भएकोले त्यसलाई अनुशरण गर्न सकिने बताएका छन् ।

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उनले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट गरे ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।

“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भने,“चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहो¥याए ।

उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाए ।

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाए ।

एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध छ : प्रचण्ड (सम्बोधनको पूर्णपाठ)
कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिएका छन् । नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उनले भने,“दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”

उनले आन्तरिक मामिलामा अहस्तक्षेप र सहयोगात्मक सहकार्य नै सम्बन्धको कडी भएको उल्लेख गर्दै एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध रहेको र नेकपाको विदेश नीतिमा सो विषय स्पष्ट उल्लेख गरिएको जनाए । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उनको भनाइ थियो ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनफिङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्रा्ष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।

आजै नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरुले आधारभूतरुपमै सघाउने विश्वास व्यक्त गरेका थिए ।

कमरेड सोङ थाओ
चिनियाँ कम्युनिष्ट पार्टीका यहाँ उपस्थित कमरेडहरु
नेकपा सम्वद्ध कमरेडहरु
न्यानो अभिवादन !

चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीका बीचमा आपसी अनुभव आदान–प्रदान गर्न आयोजित यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दछु । चिनियाँ कम्युनिष्ट पार्टीले हासिल गरेको सफलताले विश्वभरीका कम्युनिष्टलाई गौरवान्वित बनाएको छ । कम्युनिष्ट पार्टी स्थापनाको झण्डै १०० बर्ष र जनवादी गणतन्त्र चीन स्थापनाको ७० औं वर्षगाँठको यस अवसरमा सम्पूर्ण चिनियाँ जनता र कमरेड सि जिन पिङ नेतृत्वको कम्युनिष्ट पार्टीका सबै कमरेडहरुलाई म हार्दिक बधाई दिन चाहान्छु । साथै समृद्ध, सबल र सुसंस्कृत, चिनियाँ विशेषतासहितको समाजवादी चीन निर्माण गर्ने महान् अभियानमा अझ व्यापक सफलता मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल र चीनबीच सदियौंदेखि जनस्तरको सम्बन्ध रही आएको छ । अभिलेखित इतिहास अनुसार चिनियाँ महान् बौद्ध भिक्षु फाँसियानको लुम्बिनी यात्रा, नेपालका बौद्ध विद्वान बुद्धभद्रको चीन यात्रा, चिनियाँ बौद्ध विद्वान वेन साङ्को लुम्विनी यात्रा र नेपाली राजकुमारी भृकुटीको तिब्बती राजासँगको विवाह जस्ता पाँचौं शताब्दीको सुरुदेखि सातौं शताब्दी भित्रका घटनाले १६०० वर्ष अघिको हाम्रो सांस्कृतिक सम्बन्धको गहिराइ आँकलन गर्न सकिन्छ । १३ औं शताब्दीमा नेपाली कलाकार अरनिकोको नेतृत्वको टोलीले बनाएको बेइजिङ शहरको मध्यभागमा रहेको विशाल श्वेत चैत्य र उथाइसानको श्वेत चैत्य हाम्रा ऐतिहासिक सम्वन्धका शिखर नमुना हुन् । त्यही ऐतिहासिक विरासतमा उभिएर सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भए पछि नेपाल र चीनबीच आधुनिक सम्बन्ध निरन्तर विकास हुँदै आएको छ । एक अर्काको आन्तरिक मामिलामा अहस्तक्षेप, सार्वभौम समानता, समझदारी, मित्रता र असल छिमेकीपन हाम्रा सम्वन्धका आधारभुत मान्यता हुन् ।

नेपालले शब्दमा मात्र होइन व्यवहारमै एक चीन नीतिलाई दृढतापुर्वक अवलम्वन गरेको छ र नेपाली भूमिमा चीन विरोधी गतिविधि नसहने नीति हाम्रो सम्वन्धको एक आधारभूत कडी हो । नेकपाको वैदेशिक नीतिमा हामीले यो विषय स्पष्ट ढंगले उल्लेख गरेका छौं । नेपालको आर्थिक सामाजिक विकासमा चीनको सहयोग एकदमै महत्वपुर्ण छ । म चीनको उदार सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहान्छु ।

चिनियाँ सरकार र जनता चीनका महामहिम राष्ट्रपति सि जिन पिङले अगाडि सारेको बि आर आई (द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ) ले नेपालका लागि पुर्वाधार विकासको अपरिहार्य आवश्यकता, कृषिको आधुनिकीकरण, औद्यौगिकरण तथा सामाजिक विकासका लागि चाहिने पूँजी र प्रविधिमा पहुच बढाइदिन्छ । त्यसैले बढो सोचीविचारी विआरआइ सम्वन्धी साझा समझदारी पत्रमा मेरै प्रधानमन्त्रीत्वकालमा हस्ताक्षर गरेका हौं ।

हालका दिनमा विआरआईको फ्रेमवर्कमा रहेर उच्चतहमा राजनैतिक समझदारी, आर्थिक क्रियाकलाप र सांस्कृतिक तथा जनस्तरको सम्वन्ध निरन्तर विकासित हुन गइरहेको छ । हालै नेपालका सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको ऐतिहसिक राजकीय भ्रमण, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण तथा चीनका स्टेट काउन्सलर तथा परराष्ट्रमन्त्री वाङ यी को नेपाल भ्रमणले यो प्रक्रियालाई नयाँ उचाई तिर लगिरहेका छन् । यस पृष्ठभूमिमा सरकारले यथोचित तयारी गरी चीनको तर्फबाट ऐतिहासिक उच्चस्तरीय भ्रमण गराउने कुरामा हामी विश्वस्त छौं ।

कुनैपनि राजनैतिक प्रणाली जनताको जीवनस्तर उकास्ने एक साधन मात्र हो, साध्य होईन । राजनैतिक प्रणाली समाज विकासको विशिष्ट आवश्यकताको उपज हो । त्यसैले इतिहासका विभिन्न कालखण्डमा समाजको विशिष्ट आवश्यकता अनुसार राजनैतिक प्रणाली वा वादको जन्म र विकास भएको पाइन्छ । युरोपको औंद्योगिक क्रान्ति र पूँजीवादको तीव्र विकाससँगै श्रमको चरम दोहनको जगमा माक्र्सवादको जन्म भयो ।
माक्र्सवादकै आलोकमा जनवादी क्रान्ति सम्पन्न गरी चिनियाँ विशेषता सहितको समाजवाद निर्माणको मौलिक मार्ग मार्फत आर्थिक विकासको नयाँ उचाई हासिल गरेको चीनबाट मानव जातिले शान्ति, स्थिरता र समृद्धिको उचित अपेक्षा गरेको छ । चिनियाँ शैलीको समाजवाद बारे अहिले विश्वब्यापी बहस चलिरहेको छ । राजनैतिक रुपमा चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बसिरहने बैधता ९ीभनष्तष्mबअथ० जनताको अपेक्षा पुरा गरेको आधारमा प्राप्त हुन्छ भन्ने मान्यता राख्छन् ।

संसारको कुनै शासन प्रणालीले दिन नसकेको चिनियाँ जनताको आत्मसम्मान, गौरव र तीव्रतम् गतिको आर्थिक विकास जनतालाई चिनियाँ कम्युनिष्ट पार्टीले दियो । ९ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीका सदस्यहरुको अनुशासनको पालना निक्कै उदाहरणीय रहेको छ । कम्युनिष्टहरुमा अनुशासन भएन भने कुनै पनि रुपान्तरणको नेतृत्व गर्ने नैतिक शक्ति बाँकी रहँदैन । बिचारको स्पष्टता र संगठनात्मक अनुशासन नै कम्युनिष्ट पार्टीको औचित्यका प्रमुख आधार हुन् । महासचिव सी जिन पिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले गरेको विकासको मूल आधार यसैमा निहित रहेको छ ।

चिनियाँ शैलीको समाजवादबाट हामीले के सिक्न सक्छौं भन्ने विस्तृत जानकारी विज्ञहरुबाट आज र भोलिको छलफलमा तपाई नेकपाका सदस्यहरुले पाउनु हुने नै छ । राष्ट्रपति सि ले कनेक्टिभिटि, साझा प्रयत्न, साझा लगानी र उपलव्धीमा साझा स्वामित्वबाट दीगो अन्तर्राष्ट्रिय सम्वन्ध तथा साझा समृद्धि हासिल गर्न सकिन्छ र हाम्रो भविष्य अन्तरनिर्भर छ भन्ने दृष्टिकोण अगाडि ल्याउनु भएको छ । चिनियाँ शैलीको समाजवादबाट समुन्नत चीन निर्माण गर्ने लक्ष्य हासिल गर्न र चीनको विकासलाई चुनौती ठान्नेहरुसँग बिना शत्रुता विकासको चाहना गरेका तर साधन र क्षमता नभएका विकासोन्मुख मुलुकलाई साथै लिएर अगाडि बढ्न बाटो अवलम्वन गरेको देखिन्छ ।

समाजवादमा कम्युनिष्टले जनताको सेवा गरेर उनीहरुको मन जितेर मात्र शासनको बैधता प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । तर शासनमा बस्नेहरु बिस्तारै अनुशासनमा नबस्ने र जनताको सेवा गर्न भन्दा धनीमानीको पक्षमा वा सुखसुविधामा लागेमा कम्युनिष्टको शासन गर्ने बैधता समाप्त हुन्छ । त्यसैले जनताको मन जित्न सक्षमलाई नेतृत्व सुम्पने र निरन्तर जनताको समर्थन पाउन अनुशासनमा रहनुपर्दछ ।

समाज समृद्ध हुनका लागि साँस्कृतिक रुपले समुन्नत हुनुपर्छ भन्ने मान्यताले महान् चिनियाँ सभ्यताको पुनर्जागरणलाई समाजवादी समाज विकासका अपरिहार्य शर्तका रुपमा महासचिव सि जिन पिङले अगाडि सार्नु भएको छ । यिनै आधारभूत विशेषताका कारण महासचिव सि जिन पिङ बिचार आज विश्वव्यापि बहसको विषय बनिरहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको लामो अनुभवबाट समेत शिक्षा लिँदै हामीले नेपाली विशेषता अनुसार कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपालको राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने र समाजको राजनैतिक, आर्थिक र साँस्कृतिक रुपान्तरण गर्ने प्रयत्न गर्दै आएका छौं । कम्युनिष्ट पार्टीको नेतृत्वमा नेपाली जनताले चलाएको सशस्त्र र शान्तिपूर्ण संघर्ष एवम् वलिदानको लामो श्रृंखला पश्चात नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको स्थितिमा आइपुगेको छ ।

इतिहासका सबै सकारात्मक र नकारात्मक अनुभवहरुको समिक्षा सहित नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टीहरुको एकताले नेपाली जनतामा स्थिरता र समृद्धिको नयाँ आशा र भरोसाको सन्देश दिएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न अहिले शान्तिपूर्ण प्रतिष्पर्धा र लोकप्रिय मत सहित सरकारको नेतृत्व गरिरहेको हाम्रो नेपाल कम्युनिष्ट पार्टीले जोड लगाइरहेको छ । सामाजिक न्याय सहितको आर्थिक समृद्धि मार्फत समाजवादको आधार तयार पार्ने हाम्रो स्पष्ट रणनीति रहेको छ । नेपालको संविधानले नै समाजवाद उन्मुख राज्यको ठोस दिशानिर्देश गरेको छ ।

यस सन्दर्भमा आयोजित नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको यो अन्तरसम्वाद कार्यक्रमले एक अर्काका अनुभवबाट सिक्ने र आ–आफ्ना विशेषता अनुसार समाजवाद निर्माणको दिशामा अगाडि बढ्न प्ररणा मिल्ने विश्वास मैले लिएको छु । यस कार्यमा सफलताको शुभकामना सहित आफ्नो मन्तव्य अन्त्य गर्छु । धन्यवाद !

(सी जिनपिङ विचारधाराबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टीबीच छलफल कार्यक्रममा प्रस्तुत अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे बिचार)

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्