प्रदेश २ : प्रहरीले एकाएक जानकी मन्दिर खाली गराएर चेक गर्दै, सर्वसाधरणलाई प्रवेश निषेध
धनुषा : प्रदेश २ स्थित प्रसिद्ध जानकी मन्दिरमा अहिले सर्वसाधरणलाई प्रवेश निषेध गराइएको छ ।
मन्दिरमा बम राखेको आशंका बाहिरिए पछि अहिले प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच चेक गरिरहेको छ ।
दिउँसो १२ बजेर १५ मिनेटमा प्रहरीले एकाएक मन्दिर खाली गराएर चेक गरिरहेका छन् ।
तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन् ।