Logo
३० कार्तिक २०८१, शुक्रबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली सेना सहितको समुहद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं :  संविधान दिवसको उपलक्ष्यमा काठमाण्डौ महानगरपालिका, नेपाली सेना र नेपाल सरकार वातावरण विभागको सहकार्यमा हरियाली प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षारोपण कार्यक्रम त्रिपुरेश्वर चोकदेखि सुन्धारा नागस्थान चोकसम्म सडकको पश्चिमतर्फ र सुन्धारा चोक, भोटाहिटी चोक, जमल चोक हुँदै दरवारमार्ग महिन्द्र शालिकसम्म सडकको दुवैतर्फ भएको छ । उक्त वृक्षारोपण कार्यक्रममा कपुर, पोयले र कल्की जातका गरी करिव २ सय ५० वटा विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका महानिर्देशक आभा श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका वातावरण विभागका प्रमुख हरि कुमार श्रेष्ठ, नेपाली सेनाको उपत्यका पृतना हे.क्वा. अन्तरगतका सकलदर्जालगायत अन्य व्यक्तिहरु समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्