२ दिनदेखि सुनको मूल्य स्थिर, चाँदीमा वृद्धि
काठमाडौं : आज साताको चौथो दिन बुधबार पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज पनि त्यतिमै कायम छ । विगत २ दिन देखि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन भने तोलामा ७१ हजारमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य भने ५ रुपियाँले बढेको छ । आज चाँदी ८ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य ८६५ थियो ।