Logo
२९ कार्तिक २०८१, बिहीबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बायोग्यास प्रवद्र्धनको अवसर र चुनौती सम्बन्धि कार्यशाला

नेपालमा घरायसीदेखि ठुला क्षमताको बायोग्यासको प्रवद्र्धनका लागि अवसर र चुनौती सम्बन्धि कार्यशाला सम्पन्न भएको छ ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा भदौ २८ गते होटल हिमालयमा आयोजना भएको कार्यशालामा पुर्व विज्ञान, प्रविधी तथा वातावरण मन्त्री गणेश शाह, उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव प्रविणराज अर्याल, नेपालका लागि जर्मनीका राजदुत रोलान्ड सेफर, नवीकरणीय तथा वैकल्पिक उर्जाका लागि अन्तराष्ट्रिय विकास साझेदार संस्थाका उच्च अधिकारी, व्यावसायीक बायोग्याँस प्लान्टका उद्यमी, नवीकरणीय तथा वैकल्पिक उर्जाका विज्ञहरु सहित वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक, विज्ञ तथा उच्च अधिकारीहरुको सहभागिता रहेको थियो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले नेपालमा बायोग्यासको विकासक्रम देखि वर्तमान अवस्था र भावि कार्यक्रम बारे जानकारी गराउनुहुँदै यसको कार्यान्वयनको अवस्था, चुनौती र अवसरहरुका साथै यस सम्बन्धि केन्द्रले गरिहेको कार्यहरुबारे जानकारी गराएको थिए । साथै उहाँले बायोग्यासको निर्माण र प्रवद्र्धनमा सहयोग गर्नुहुने सबै अन्तराष्ट्रिय विकास साझेदार संस्था र नीजि क्षेत्रलाई विशेष धन्यबाद ज्ञापन गरे ।

पुर्व विज्ञान, प्रविधी तथा वातावरण मन्त्री गणेश शाहले नेपालमा बायोग्यास प्लान्ट निर्माणका लागि प्रशस्त सम्भावना भएको तर यस सम्बन्धि दक्ष प्राविधिक तथा विज्ञहरु उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यशालाको सभापतित्व समेत गर्नुभएका उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव प्रविण राज अर्यालले सरकारले पछिल्लो वर्षहरुमा उर्जा संकट न्युनिकरण गर्न नवीकरणीय तथा वैकल्पिक उर्जाकालागि विशेष महत्वका साथ नीति, कार्यक्रम तथा बजेट बिनियोजनमा समेत प्राथमिकता दिईरहेको बताउदै यसको प्रभावकारी कार्यान्वयनका साथ दिगो बनाउन सबै सरोकारवाला पक्षलाई साथ सहयोगको लागि आग्रह गरे ।

नेपालका लागि जर्मनीका राजदुत रोलान्ड सेफरले जर्मनीले नेपालको विकास र समृद्धीका लागि सदैव साथ सहयोग गरिरहेको र यो क्रम निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकाल र बायोग्यास विज्ञ सुसिम मान अमात्यले नेपालमा घरायसी देखि व्यावसायीक प्लान्टका बिभिन्न पक्षमा प्रस्तुतीकरण दिएका थिए भने व्यावसायीहरुका तर्फबाट कुशल गुरुङ, विपुल राज पाण्डे र अभिरथ अग्रवालले ठुला क्षमताको बायोग्यासको अवस्था, चुनौती र अवसरहरुकाबारेमा अनुभव आदान प्रदान गरेका थिए । केन्द्रको जैविक उर्जा शाखा प्रमुख तथा विश्व बैंकको सहयोगमा सञ्चालित एस रेप कार्यक्रमका व्यवस्थापक मुकेश घिमिरेले उक्त कार्यक्रम संचालन गरेका थिए ।

नेपाल सरकार तथा विभिन्न दातृ निकायको सहयोगबाट हाल सम्म ७७ वटै जिल्लामा १२ घनमिटर भन्दा कम क्षमताका ४,२४,००० भन्दा बढि प्लान्टहरु घरायसी प्रयोजनका लागि संचालनमा छन् भने विभिन्न जिल्लामा गरि अनुदान प्राप्त १२ देखि ५५०० घनमिटर क्षमताका व्यावसायीक प्लान्टहरुको संख्या.१६० रहेको छ ।

बायोग्याँस प्लान्ट एक पटक निर्माण गरेपछि २० वर्ष भन्दा बढी समय सम्म स्वच्छ उर्जा उत्पादन हुन्छ । जसबाट खाना पकाउन एलपि ग्याँस, मट्टितेल तथा दाउरामा लाग्ने खर्च र समयको बचत हुन्छ । यसबाट जैविक फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, वातावरण संरक्षण, मानव स्वास्थ्य र आर्थिक रुपमा समेत विभिन्न फाईदा हुन्छ ।

बायोग्यास प्लान्टबाट उत्पादित ग्यास, विद्युत र प्रांगारिक मलले एलपि ग्यास, मट्टितेल तथा रसायनिक मलको आयात प्रतिस्थापनमा सहयोग पुगी बढ्दो ब्यापार घाटा न्युनिकरणमा समेत सहयोग पुगेको छ भने बायोग्याँस नेपालको पहिलो कार्बन व्यापार गर्न सफल प्रविधि समेत भएको छ । बायोग्याँस प्लान्ट निर्माण र प्रयोगलाई व्यापकता दिन सरकार, दातृ निकाय, नीजि क्षेत्र, सरोकारवाला संघ संस्था सहित आमनागरिकको विशेष सक्रियता आवश्यक छ ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्