Logo
२९ कार्तिक २०८१, बिहीबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ सरकारको विज्ञप्ति अत्यन्त क्षुद्र, कुटिलतापूर्ण : नेपाल रिपब्लिक पार्टी

सिद्धार्थ गौतम
प्रेसिडेण्ट
नेपाल रिपब्लिक पार्टी

पछिल्लो समय इण्डो प्यासिफिक स्ट्राटेजीबारे चिनियाँ सरकारको विज्ञप्ति अत्यन्त क्षुद्र, कुटिलतापूर्ण रहेको
नेपाल रिपब्लिक पार्टीले धारणा अघि सारेका छन् ।

उक्त पार्टीका प्रेसिडेण्ट सिध्दार्थ गौतमले एक विज्ञप्ति जारी गर्दै चिनियाँ सरकारको अभिव्यक्ति लज्जास्पद भएको बताएका हुन् ।

प्रेस विज्ञप्ति :
संयुक्त राज्य अमेरिकाले अघि सारेको इण्डो प्यासिफिक स्ट्राटेजी नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिप्रति नेपाल रिपब्लिक पार्टी घोर आपत्ति व्यक्त गर्दै चिनियाँ सरकारको अत्यन्त क्षुद्र, कुटिलतापूर्ण र लज्जास्पद यस कृत्यको तीव्र भत्र्सना गर्दछ ।
नेपाल सरकार इण्डो प्यासिफिक स्ट्राटेजीको पक्षमा रहेको तथ्य नेपालका परराष्ट्रमन्त्रीमार्फत् यसअघि नै स्पष्ट भइसकेको छ र नेपालको यो आधिकारिक अडानबारे विश्व समुदाय अवगत पनि रहेको छ । यस पृष्टभूमिमा नेपाल सरकारको कुनै पनि आधिकारिक प्रतिनिधिले व्यक्त नगरेको, आधारहीन कुरालाई विज्ञप्तिमार्फत् फैलाउनु कम्युनिस्ट मुलुक चीनको नेपालमा भाँडभैलो मच्चाउन खोज्ने योजनाको पूर्वरुप हो भन्ने हाम्रो पार्टीको धारणा छ । सरकाले आधिकारिकरुपमा व्यक्त गरेका धारणा विपरीतको कुरालाई कुनै अनधिकृत कम्युनिस्टसँग गरेको कोठे गफको भरमा उल्टाउन खोज्नु चीनको नेपालप्रतिको हेपाहापन र दुस्साहसको पराकाष्ठा हो । यसको झलक चिनियाँ विदेशमन्त्रीको हालै सम्पन्न नेपाल भ्रमणका अवसरमा सहयोगका नाममा चीनले देखाएको हेपाहापनबाट पनि स्पष्ट भएकै हो । यस्तो वक्तव्य र व्यवहारप्रति चीनले नेपालसँग माफी माग्नु पर्छ ।
यो भन्दा पनि लाजमर्दो र आपत्तिजनक कुराचाहिँ चीनको यस्तो घृणित व्यवहारप्रति नेपाल सरकारले कुनै प्रतिक्रिया नजनाएर साधेको मौनता पनि हो, जसले मालिकप्रति दासले गर्ने व्यवहारको झलक प्रस्तुत गरेको छ । कम्युनिस्ट सर्वसत्तावादको भासमा नेपाललाई जाक्ने योजना र मानसिकताका साथ यो सरकार जसरी अघि बढिरहेको छ, त्यसलाई हेर्दा यसले सर्वसत्तावादी कम्युनिस्ट मुलुक चीनको गुलामी गर्नु अस्वभाविक होइन । तर, नेपाल रिपब्लिक पार्टी के चेतावनी दिन चाहन्छ भने स्वतन्त्रता र लोकतन्त्रप्रेमी नेपाली जनता सरकारको यो रवैयालाई स्वीकार्न तयार छैनन् र ढिलोचाँडो यस सरकारलाई यसको दण्ड अवश्य दिनेछन् ।
हामी समस्त नेपाली जनतालाई चीनको षड्यन्त्रप्रति शतर्क रहन र यसको प्रतिरोधका लागि मानसिकरुपले तयार रहन अपील गछौं । साथै लोकतन्त्र र मानवअधिकारका हिमायती विश्व समुदायलाई चीनको यस व्यवहारको भत्र्सना गर्दै नेपाललाई चीन र कम्युनिस्टको पञ्जामा पर्नबाट जोगाउन आग्रह गर्छौं । कम्युनिस्ट चीनको दुराशय र देशको कम्युनिस्ट सरकारको अत्याचार सहन नेपाली जनता तयार छैनन् । एउटा स्वतन्त्र मुलुकको अस्मितामाथि ठाडै धावा बोल्ने चीनको षड्यन्त्रलाई विफल पार्न नेपाल रिपब्लिक पार्टी जस्तोसुकै त्याग र बलिदान गर्न सधैं तयार रहनेछ ।

सिध्दार्थ गौतम
प्रेसिडेण्ट
सेप्टेम्वर १२, २०१९

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्