Logo
२३ असार २०८१, शनिबार
(September 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरायसी विवादका कारण वडा अध्यक्षद्वारा आत्महत्याको प्रयास

बुटवल : बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आफ्नै घरमा आत्महत्या प्रयास गरेका छन् ।

अध्यक्ष नेपालले आफ्नै घरमा बिहान ९ बजे नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल र्पुयाएका थिए ।

उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बुटवल-११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए । ‘उहाँको अवस्था के हुन्छ यसै भन्न सकिन्नँ,’ क्षेत्रीले भने ।

स्रोतका अनुसार घरायसी विवादका कारण उनले आत्महत्या प्रयास गरेका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले घटनाबारे प्रारम्भिक जानकारीमात्र भएको बताए ।

प्रकाशित मिति: Sep 7, 2019

प्रतिक्रिया दिनुहोस्