Logo
५ माघ २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उर्जामन्त्री रसियन राजदूत भेट, लगानीको वातावरण बनाईदिन आग्रह

काठमाडौं :  उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्त र रसियन राजदूत ब्भिहभष् ब्। ल्यखष्पयख बीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षिय हितका साथै उर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको हो ।

भेटमा उर्जामन्त्री पुनले नेपाल र रसियाबीचको सम्बन्ध ऐतिहासिक कालदेखी नै सुमधुर रहेको भन्दै आगामी दिनमा पनि सम्बन्ध प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।

उहांले रसियाले विगतमा पनि पनौती हाईड्रो,पुर्व पश्चिम राजमार्ग र पुर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसंग आग्रह गर्नुभयो ।

‘जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा छ, १ सय मेगावाटभन्दा माथीको परियोजनाको पिपिए पनि सरकारले गर्छ । यो सन्देश रसियन लगानीकर्तालाई प्रवाह गरिदिनुपर्यो ।’ मन्त्री पुनले भेटमा भन्नुभयो ।

जवाफमा राजदूत नोभिकोभले उर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागी वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्