Logo
२४ कार्तिक २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेजाब प्रकरण :  थप उपचारका लागि काठमाडौँ सिफारिस

तेजाब प्रहारबाट घाइते भएकी युवतीलाई थप उपचारको लागि आज अपराह्न काठमाडौँ पठाइएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज-३ छपकैया निवासी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँको कीर्तिपुर अस्पतालमा पठाइएको हो ।

खातुनमाथि तेजाब प्रहार गरेको अभियोगमा पक्राउ परेका छपकैया-२ निवासी संसाद मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार मजिद आलमले मुस्कानुलाई प्रेम गरेको र उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएकोे संसादले बयानमा बताएका छन् ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्