Logo
७ पुस २०८१, आईतबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इन्डोनिसियामा त सयौं मेयरहरु जेलमा छन्, हामी कहाँ कति जाँन्छन् हेनुपर्छ : मन्त्री पण्डित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अधिकारलाई दुरुपयोग गरेका कारण इन्डोनिसियामा सयौं मेयरहरु जेलमा जानुपरेको भन्दै हामी कहाँ कति जाँन्छन् हेर्न बाँकी रहेको बताएका छन् ।

उनले भ्रष्टाचार र गलत काम गर्नेलाई पक्राउ गरेर थुन्ने कामलाई निरन्तरता दिइने बताए । यस्ता व्यक्तिलाई थुन्न ठूला(ठूला हल बनाउनु परे पनि संघीय सरकार तयार रहेको उनले बताए ।

प्रदेश २ स्थित बिहीबार सप्तरीमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले स्थानीय तहमा उपभोक्ता समितिमार्फत र अन्य निकायबाट भएका विकास निर्माणका योजनाको छानबिनका लागि अख्तियारलाई जिम्मेवारी दिइएको बताए ।

कागजमा काम हुने र जनताले नदेख्ने सम्पूर्ण योजना छानबिनको जिम्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिइएको उनले बताए ।

‘अहिले गलत काम गर्नेलाई थुनेर अख्तियारको कोठाहरु भरिभराउ बनेको छ’ मन्त्री पण्डितले भने, ‘तर पनि भ्रष्टाचारी पक्रिन रोकिने छैन । उनीहरुलाई थुन्नका लागि ठूला-ठूला हल बनाउन पनि हामी तयार छौं ।’

गलत गर्ने जनप्रतिनिधि वा राष्ट्रसेवक कसैलाई पनि नछाड्ने उनले बताए । काका, भतिजा, दाजुभाइको नेतृत्वमा उपभोक्ता समिति बनाएर काम गर्ने जनप्रतिनिधिविरुद्ध सरकार कठोर रुपमा भन्दै उनले ठेकदारलाई कामको जिम्मेवारी दिने उपभोक्ता समितिका पदाधिकारीलाई पनि समातिने बताए ।

उनले अघि भने, ‘यस्ता काममा कुनै मन्त्री संलग्न छन् भने त्यस्ता मन्त्रीलाई पनि जेल जानुपर्छ । मेयरको संलग्नता भए उनलाई पनि जेल जानुपर्छ ।’ इन्डोनिसियामा १ सय मेयर जेलमा रहेको दृष्टान्त सुनाउँदै मन्त्री पण्डितले भने, ‘नेपालका कति जना जेलमा जानुहुन्छ, हेर्नुहुन्छ ।’

उनले तराई मधेसको विकासका लागि संघीय सरकार प्रतिबद्ध रहेको बताए । तराई मधेश समृद्वि कार्यक्रम अन्तर्गत गतबर्ष ५ अर्ब २५ करोड निकासा गरेको उनले बताए ।

चालू आ।ब।मा संघीय मामिला तथा सामान्य प्रशासन, भौतिक योजना तथा पूर्वाधार, सिंचाई र खानेपानी मन्त्रालयमार्फत ७ अर्ब ५५ करोडको बजेट विशेष रुपमा छुट्टयाइएको उनले बताए ।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्