डेंगु संक्रमणपछि कृषि मन्त्री खनाल ग्राण्डी अस्पतालमा भर्ना
काठमाडौं : कषि, पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ ।
डेंगु संक्रमणपछि उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । खनाललाई ज्वरो आउने, टाउँको दुख्ने समस्या देखिएपछि उनी निदान अस्पताल पुगेका थिए ।
मन्त्री खनाललाई डेंगुको संक्रमण भएको आशंकापछि निदान अस्पताले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रेफर गरेको थियो ।
शुक्रराज अस्पतालमा रगत परीक्षण गराउँदा डेंगु संक्रमण भएको पुष्टी भएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ । मन्त्री खनाललाई बुधबारदेखि ग्राण्डी अस्पतालमा भर्ना गरी उपचार सुरु गरिएको जनाइएको छ ।