Logo
११ माघ २०८१, शुक्रबार
(August 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जापान उडान गर्दै नेपाल एयरलाइन्स, औपचारिक कार्यक्रम गरी पहिलो टोलीलाई विदाई गरिने

काठमाडौं : नेपाल एयरलाइन्सले पहिलो पटक जापानमा सिधा उडान थाल्दैछ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जापानका लागि पहिलो सिधा उडान भएकाले मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने र जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिने नेपाल एयरलाइन्सले जनाएको छ ।

त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । जसमा, ९० यात्रुसहित २५ जनाको नेपाली टोली पनि जापान जादैछ ।

नेपाली टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । जसमा, मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइनेछ ।

नेपाल एयरलाइन्सका लागि ओसाका पुरानो गन्तब्य भएपनि यसअघी सिधा उडान भने भएको थिएन । नेपाल एइरलाइन्स वाइडबडी जहाज ए ३३०-२०० का लागि पहिलो लामो दुरीको उडान हुनेछ ।

प्रकाशित मिति: Aug 28, 2019

प्रतिक्रिया दिनुहोस्