चेकजाँचमा कडाई : भन्सार छली ल्याएको कपडा बरामद
काठमाडौं : सोमबार राति चेकजाँचका क्रममा जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार लछी ल्याएको कपडा बरामद गरेको छ ।
प्रहरी टोलीले चेकजाँचका क्रममा बेवारिसे अवस्थामा अबैधरुपमा ल्याएको कपडा बरामद गरेको हो ।
बरामद गरिएको सर्ट १७३ पिस , लेडिज कुर्था ३० पिस, टप्स २१ पिस, सुरुवाल ५० सेट, कुर्था सुरुवाल २० पिस कपडा आन्तरिक राजस्व कार्यालय विराटनगर पठाएको प्रहरीले जानकारी दिएको छ ।