Logo
२३ कार्तिक २०८१, शुक्रबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपामा सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्ने नेता-कार्यकर्तालाई कारबाही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताले सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गर्न नपाइने निर्णय गरेको हाे ।

नेकपाले सार्वजनिक असन्तुष्टि जनाउनेलाई स्पष्टिकरण सोधेर पार्टीको नियम अनुसार कारबाही हुने जनाएको छ ।

आजको बैठकले पार्टीको केन्द्रीय कमिटीमा ४ जना थप्ने निर्णय गरेको छ । अन्य पार्टीबाट नेकपामा भित्र्याएकाहरुलाई केन्द्रीय सदस्यमा लग्ने निर्णय गरेको हो ।

नेकपाले जनशक्ति पार्टीबाट आएका देवेन्द्र पराजुली र कल्पना धमला, नेकपा९माले०बाट भित्र्याएका किरण राई र पदम राई केन्द्रीय सदस्यमा थप्न लागेको हो ।

बैठकले केही नेतालाई विभिन्न विभागमा इञ्चार्जसमेत तोकेको छ ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्