Logo
५ माघ २०८१, शनिबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु: सीमापार सुरक्षा र कोशी बाँध सहित ५ विषयमा छलफल

काठमाडौँ: निर्धारित समयभन्दा झण्डै साढे दुई घण्टा ढिलो बहुप्रतिक्षित नेपाल-भारत विदेश मन्त्रीस्तरीय नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौँमा बुधबार सुरु भएको छ।

बैठकमा इनर्जी बैकिंङको स्वरुपमा पनि छलफल हुनेछ भने कोशी उच्च बाँध र सुनकोशी कमला डाइभर्सनको विवाद हटाउने विषयमा पनि बैठक केन्द्रित हुनेछ।

यो बैठकमा नेपाल-भारतको सम्बन्ध विस्तारका लागि दुबै सरकारद्वारा गठित नेपाल भारत प्रवुद्ध समूह (इपिजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नबुझेको सम्बन्धमा पनि छलफल हुनेछ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरको सह–अध्यक्षतामा सुरु भएको बैठक मुख्यतया पाँच विषयमा केन्द्रित रहने बैठकमा सहभागि परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिएका छन्।

नेपाल र भारतले पालैपालो आयोजना गर्ने क्रममा तीन वर्षपछि नेपालमा सुरु भएको बैठक राजनीति, सीमापार सुरक्षा र सीमा, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत र शिक्षा तथा पर्यटनका सम्बन्धमा केन्द्रित हुने भएको छ।

बैठकमा सहभागि एक अधिकारीका अनुसार यो बैठकले पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र ९०० मेगाबाट क्षमताको माथिल्लो कर्णालीको अलपत्र परेका मुद्दामा पनि प्राथमिकताका साथ छलफल हुनेछ।

त्यस्तै लामो समयदेखि चर्चामा रहेको तर काम अघि बढ्न नसकेको ४०० केभिए क्षमताको बुटवल-गोरखपुरको अन्तर्राष्ट्रिय लाइन निर्माणका मामिलामा पनि छलफल हुनेछ।

बैठक छलफलको निष्कर्ष पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बिहीबार समापन हुनेछ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्