प्रदेश नं २ : माविका छात्रालाई मुख्यमन्त्री राउतद्वारा साईकल वितरण
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्तरी जिल्लाका विभिन्न माविका छात्रालाई आज साईकल वितरण गरेका छन् ।
उनले विभिन्न माविमा अध्ययनरत २ सय ७४ छात्राहरुलाई आवतजावत गर्न सहज हुने उद्देश्यले उक्त साइकल वितरण गरेका हुन् ।
छात्राहरु आफूलाई आवतजावतमा सजिलो हुने भएपछि हर्षित भएका छन् ।