नेकपा सचिवालयको बैठक पुन: स्थगित
काठमाडौँ : शनिबार दिउँसो ४ बजे बस्ने भनिएको नेकपा सचिवालयको बैठक पुन: स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक सरेको छ ।
आजको बैठकमा जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्ज तोक्नेबारे निर्णय हुने बताइए पनि तयारी नपुगेको भन्दै आइतबार दिउँसो सम्मका लागि बैठक सारिएको हो । शुक्रबार बसेको सचिवालय बैठकले पार्टीको संगठन विभागको नेतृत्व टुंगो लगाएको थियो ।