पदबहाली गर्दै आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराई
रुपन्देही : प्रदेश न ५ को प्रदेश प्रमुखको कार्यालय बुटवलमा लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिल्लीराम भट्टराईले आज पद तथा गोपनियताको शपथ लिएका छन् । आज मंगलबार आयोजित कार्यक्रममा भट्टराईले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेलबाट शपथ ग्रहण गरेका हुन् ।
उक्त समारोहमा प्रदेश ५ प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल , सभामुख पुर्ण बहादुर घर्ती , उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल तथा प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
मंगलबार आयोजित समारोहमा शपथ ग्रहणपछि प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष डिलाराम भट्टराईलाई मुख्यमन्त्री शंकर पोखरेलले बधाई दिएका छन् ।