महानगर प्रमुख शाक्यद्वारा सिसि क्यामरा तथा नवनिर्मित शौचालय उद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौँ : प्रदेश नं ३ सरकारको सहयोगमा काठमाडौँ महानगरपालिका-१६ म्हैपी जडान सिसि क्यामरा तथा नवनिर्मित शौचालयको आज शनिबार उद्घाटन कार्यक्रम गरिएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बटन थिचेर उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरको उपस्थिति रहेको थियो । त्यसपश्चात महानगरपालिकाका प्रमुख शाक्य र प्रदेशसभा सदस्य बसन्त मानन्धरले आ आफ्नो मन्तव्य राखेका छन् ।
प्रदेश नं ३ सरकारको सहयोगमा जडान गरिएको सिसी क्यामरा निरीक्षण राख्नका लागि महानगरीय प्रहरी वृत्त लैनचौरसँग सम्झौतापछि प्रदेशसभा सदस्य बसन्त मानन्धर र वृत्त प्रमुख, प्रहरी नायव उपरीक्षक सन्तोषसिंह राठौरले सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।