Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बोस्टनमा नेपालीको प्रयास सफल : पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्ल्यान्डको आफ्नै भवन

बोस्टन : बोस्टनमा नेपालीहरुको प्रयास सफल भएको छ ।

पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्ल्यान्डले बोस्टनमा बुधबारदेखि आफ्नो भवन पाए सँगै प्रयास सफल भएको हो । नेपाली पहिचानको केन्द्र, मन्दिर र स्तूपासहितको सामुदायिक भवनका लागि सन् २०१२ देखि यस क्षेत्रका नेपाली प्रयासरत थिए ।

भवनका लागि चर्चको पुरानो घर किनिएको हो । नर्थफोक काउन्टीस्थित रजिस्ट्री अफ डिड (घर-जग्गा दर्ता कार्यालय) मा भवन खरिद बुधबार गरिएको हो । ४७ वटा पार्किङ र १४ हजार ४ सय स्क्वायर फिट क्षेत्रफल ओगटेको उक्त भवन रेडलाइन रेलको अन्तिम स्टेसनसँगै छ ।

भवनका लागि करिब ११ लाख डलर उठेको थियो । न्यू इंग्ल्याण्डका ६ राज्य र यसको प्रमुख महानगर बोस्टन क्षेत्रमा नेपालीको जनसंख्या उल्लेख्य रहेको छ ।

पछिल्लो समय यो क्षेत्रमा नेपालको संख्या निरन्त्रर रूपमा बढ्दै गएसँगै आफ्नो संस्कृति, धर्म-कर्म, रीति तथा परम्पराको निरन्तरताको महसुस गरिएको थियो आफ्नै मन्दिर तथा सांस्कृतिक केन्द्रको आवश्यकता महसुस हुँदै आएपछि पशुतिपतिनाथको मन्दिर र भगवान् बुद्धको स्तुपसहितको सामुदायिक भवन स्थापना गर्ने उद्देश्यसहित सन् २०१२ अक्टोबर १५ मा पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्ल्यान्डको स्थापना भएको हो ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्