सुनको मूल्यमा क्रमश: वृद्धि, पुग्यो तोलाको ७० हजार
काठमाडौँ : सुनको मूल्य बढ्ने क्रम जारी नै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्यमा रु ५ सय बढेको छ ।
बुधबार ६९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ७० हजार पुगेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य तोला पनि ५ सय रुपैयाँले बढेर ६९ हजार ७ सय पुगेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ६९ हजार २ सय रुपैयाँ रहेको थियो ।
चाँदीको मूल्यमा पनि रु १५ ले वृद्धि भएको छ । आज चाँदी ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले छ ।
हप्ताको पहिलो दिन छापावाल सुनको मूल्य तोलाको ६६ हजार ३ सय थियो । हप्ताको पाँचौँ दिनसम्ममा सुनको मूल्य तोलामा ३ हजार सात रुपैयाँ बढेको छ ।