Logo
२३ भाद्र २०८१, आईतबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्न उत्तर कोरियाले गर्यो साइबर हमला

उत्तर कोरियाले आफ्नो हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्नका लागि साइबर हमला गरिरहेको संयुक्त राष्ट्रको एक रिपोर्टमा उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्रको एक लिक भएको रिपोर्ट अनुसार उत्तर कोरियाले हतियार कार्यक्रमका लागि पुंजी संकलन गर्नका लागि साइबर हमला गरिरहेको कुरा बाहिरिएकाे हाे ।

रिपोर्ट अनुसार उत्तर कोरियाले वित्तिय संस्थाहरु र क्रिप्टो करेन्सी एक्सचेन्जलाई निशाना बनाएर करिब दुई अर्ब डलर (दुई खर्ब रुपैयाँ) चोरेको छ ।

स्रोतले बीबीसीसँग कुरा गर्दै संयुक्त राष्ट्र विशेषज्ञको एउटा समूह उत्तर कोरियाको कम्तिमा ३५ यस्ता साइबर हमलाको अनुसन्धान गरिरहेको बारे पुष्टि गरेको छ ।

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्