Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विप्लव समूहका ३ केन्द्रीय नेता पक्राउ

काठमाडौं :  महानगरीय अपराध महाशाखाको टोलीले प्रतिबन्धित विप्लव समूहका ३ केन्द्रीय नेतालाई आज काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा डम्बरबहादुर विक, वैकल्पिक केन्द्रीय सदस्य मकरध्वज गुरुङ र महिला नेतृ उमा गुरुङ छन् । डम्बरबहादुर विक केही दिनअघि मात्रै केन्द्रीय सदस्यबाट हटाइएका हुन् ।

पार्टीको रणनीति बनाउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए । सरकारले फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि ७ सय बढी नेता-कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले विप्लव समूहका नेता-कार्यकर्ता खोज्न ‘सर्च एन्ड अरेस्ट’ अपरेसनको तहत उनीहरुलाई खोज्दै अरेस्ट गर्दै आएको छ ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्