मंसिर १४ मा यी स्थानमाहरुमा हुनेछ उपनिर्वाचन (सूचीसहित)
काठमाडौ : सरकारले मंसिर १४ गते रिक्त स्थानमा निर्वाचन घोषणा गरे सँगै तयारी तिब्र पारेको छ ।
निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी तिब्र पारेको हो ।
प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ ।
त्यस्तै, प्रदेशअन्तर्गत दाङ क्षेत्र नम्बर ३ को ‘ख’, बाग्लुङ क्षेत्र नम्बर २ ‘ख’ र भक्तपुर-१ ‘ख’ मा मंसिरमा चुनाव हुन लागेको आयोगले जानकारी दिएको छ ।
स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि मंसिर १४ मा चुनाव हुँदैछ । चुनाव हुने स्थानको सूचना आयोगले प्रकाशन गरेको छ ।
सूचीसहित :