Logo
२२ कार्तिक २०८१, बिहीबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकको खाल्डोमा मोटरसाइकल खस्दा एकको मृत्यु

सांकेतिक तस्बिर

धनुषाको कनकपट्टिमा गत असारमा अविरल वर्षातले आएको बाढीका कारण सडक बगाएर बनाएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१७ कनकपट्टिस्थित अविरल वर्षातले आएको बाढीले बनाएको खाल्डोमा खसेर शहिदनगर नगरपालिका वडा नम्बर ४ ननुपट्टि बस्ने ३० वर्षिय सुजित पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरबाट कनकपट्टि जाने बाटोमा रहेको खाल्डोमा परी आइतबार राति मोटरसाइकल दुर्घटनामा परेका थिए ।

मोटरसाइकल दुर्घटनाबाट गम्भीर घाईते भएका उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

ज १० प ३७२० नम्बरको मोटरसाईकल सहित पासवान खाल्डोमा खसेका थिए । मृतक पासवानको शव जनकपुर अञ्चल अस्पतालमा पोष्टमार्टमको लागि राखिएको प्रहरीले जनाएको छ ।

बाढीका कारण सडक बगाएर बनाएको खाल्डो खतरनाक भएपनि स्थानीय सरकारले कुनै चासो नलिएकै कारण अप्रिय घटना भएको स्थानीयवासीहरु आरोप छ ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्